Techie IT
  • २४ वैशाख २०८२, बुधबार
Sajha Hub

सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम समपन्न


बारा – समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कलैया उपमहानगरपालिका-१६ कलैया-पिलुवास्थित उत्तर झिटकैयामा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कर्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक विकासराज खनालले सवारी चालक, यात्रुहरू तथा स्थानीय व्यक्तिहरूलाई सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतनामूलक जानकारी दिएका थिए ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले स्थानीय बासिन्दा, विधार्थी, सवारी चालक, व्यवसायी तथा संचारकर्मीको सहभागितामा सवारी साधनमा रातको समयमा टल्किने स्टिकर टाँस्नुका साथै सवारी साधनको कागजातहरू चेकजाँच, चालक तथा यात्रुसंग १ मिनेट कार्यक्रम, सवारी दुर्घटना न्यूनीकरणको लागि अपनाउनु पर्ने सावधानी बारे पर्चा समेत वितरण गरिएको थियो ।


क्याटेगोरी : सुरक्षा

तपाईको कमेन्ट लेख्नुहोस्