Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद


धनुषा – धनुषाको विदेह नगरपालिका २ स्थित ढाला चोकबाट एपीएफ टोलीले शुक्रबार करीव एक लाख १५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान तथा मोटरसाईकल सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मैथानपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद सामान तथा मोटरसाईकल जनकपुर भन्सार कार्यालयमा बुझाएको छ ।


क्याटेगोरी : सुरक्षा

तपाईको कमेन्ट लेख्नुहोस्