Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

नेपाल प्रहरीको २७ औं आईजीपीमा ठाकुर ज्ञवाली नियुक्त


काठमाडौं – प्रहरी महानिरीक्षकमा ठाकुर प्रसाद ज्ञवाली नियुक्त भएका छन् । आज (मंगलबार) बसेको मन्त्री परिषद बैठकले नेपाल प्रहरीको २७ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा ठाकुर ज्ञवालीलाई नियुक्त गरेको हो ।

ज्ञवालीलाई आईजीपी बनाउन गृह मन्त्रालयले तयार पारेको प्रस्ताव गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृह सचिव महेश्वर न्यौपानेले मन्त्रीपरिषदमा पेश गरेका थिए । यसअघि सोमबार बसेको मन्त्रिपरिषद बैठकले आईजीपीबारे निर्णय लिन सकेको थिएन ।

हालका आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले ३० वर्षे सेवाहदका कारण आजबाट अवकाश पाउँदैछन् । ३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे ज्ञवाली ५ महिना आईजीपी बन्नेछन् ।


क्याटेगोरी : सुरक्षा
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्