नेपाल भ्रमण सकेर बंगलादेशी सेना प्रमुख स्वदेश फर्किए

काठमाडौं – पाँच दिने भ्रमणमा नेपाल आएका बंगलादेशका सेना प्रमुख स्वदेश फर्किएका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपाल आएका बंगादेशका सेना प्रमुख जनरल अजिज अहमद भ्रमण सकेर आज (मंगलबार) स्वदेश फर्किएका हुन् ।
उनले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग शिष्टाचार भेटवार्ता गरेका थिए ।
साथै उनले भ्रमणका क्रममा पोखरास्थित नेपाली सेनाको पश्चिम पृतना हेड क्वार्टर, पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र लगायत पर्यटकीय स्थलहरुको समेत भ्रमण गरेका थिए । उनी माघ २४ गते उनी काठमाडौँ आएका थिए ।
क्याटेगोरी : सुरक्षा
तपाईको कमेन्ट लेख्नुहोस्