Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

सहायकरथी कार्की उपरथीमा बढुवा सिफारीस


काठमाडौं- नेपाली सेनाका सहायकरथी सुरेश कुमार कार्की उपरथी बढुवामा सिफारीस भएका छन् । सेनाका बलाधिकृतरथी शरद गिरीको अध्यक्षतामा बसेको बोर्ड बैठकले कार्कीको नाम रथीमा बढुवा सिफारीस गरेको हो । उनि वरियतामा एक नम्बरमा रहेका थिए ।

सेनाको वार कलेज नगरकोटमा प्रमुख रहेका कार्कीले चीनबाट नेशनल डिफेन्स कोर्स गरेका छन् । उनि सैनिक अधिकृतको रुपमा २०४३ सालमा सेनामा भर्ना भएका थिए ।

सेनामा लामो समयदेखी उपरथी दरबन्दी हुंदा समेत बढुवा प्रक्रिया अघि बढेको थिएन् । सेनाको विकास निर्माण महानिर्देशनालय, हवाई महानिर्देशनालय र लेखातर्फ उपरथीको दरबन्दी रिक्त भएपनि बढुवा प्रक्रिया अघि बढेको छैन् । प्रधानसेनापति पुर्णचन्द्र थापाले सेनाको वृतिविकासलाई मध्यनजर गर्दै बढुवा प्रक्रिया एक दिन पनि नरोक्ने प्रतिवद्धता जनाएपनि व्यवहारमा भने त्यो कार्यान्वयन हुन सकेको छैन् ।

प्रधानसेनापति थापाले लेखातर्फ नेपाल सरकारको समेत विशिष्ट श्रेणीको दरबन्दी नरहेको भन्दै उक्त दरबन्दी कटौती गर्ने तयारी गरेका छन् ।

सैनिक स्रोतले दिएको जानकारीअनुसार थापा लेखामा उपरथीको दरबन्दी आवश्यक नपर्ने निष्कर्शमा पुगेका छन् । उनले उक्त दरबन्दी इन्फ्रेन्ट्रीतर्फ लग्ने पक्षमा छन् । यता विकास निर्माण महानिर्देशनालयमा समेत उनी कमाण्ड इन्फ्रेन्ट्रीको हुनुपर्ने पक्षमा छन् ।


क्याटेगोरी : सुरक्षा
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्