गृह मन्त्रालयले थाल्यो डिआईजी बढुवाको तयारी

काठमाडौं – नेपाल प्रहरीमा रिक्त रहेको १८ डिआईजी पदमा बढुवाका लागि गृह मन्त्रालयले तयारी थालेको छ । एआईजी बढुवाको समेतको चर्चा चलिरहेका बेला रिक्त रहेका डिआईजी पदमा सुरुको चरणमा बढुवाका लागि गृह मन्त्रालयले तिव्रताका साथ तयारी थालेको हो ।
२९ माघमा सर्वेन्द्र खनालको आईजी पदबाट अवकाश भएपछि उनीसँगैका ब्याची डिआईजीहरूको पनि अवकाश भएको थियो । तीन एआईजीहरू पुष्कर कार्की, ठूले राई र धिरु बस्न्यातको पनि अवकास हुँदा पदहरू रिक्त रहेका छन् ।
‘तत्काल डिआईजीमा बढुवाका लागि तयारी भएको छ । एसएसपी बढुवा पनि सँगसँगै निकाल्ने तयारी भइरहेको छ’, स्रोतले भन्यो,‘त्यसका लागि प्रहरी प्रमुखलगायतसँग परामर्श भइरहेको छ।
डिआईजी बढुवामा दुईवटा ब्याचका अधिकारी छन् । हाल मानव स्रोत विभागका रहेका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) धीरजप्रताप सिंहसहितको बढुवाको तयारी भएको हो ।एसएसपी घनश्याम अर्याल, गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, प्रकाशजंग कार्की, वसन्त पन्त, ईश्वरबाबु कार्की, देवबहादुर बोहोराको पनि डिआईजीमा बढुवा तयारी गरिएको छ ।
यस्तै, काठमाडौं परिसर प्रमुख उत्तमराज सुवेदी, वसन्तकुमार लामा, दिवेश लोहनी, रवीन्द्र र धानुकलगायत बढुवाको लाइनमा छन् । ‘गृह मन्त्रालयले प्रहरीमा कुनै पनि पद खाली नहोस् भनेर बढुवाको तयारी गरेको छ ।
क्याटेगोरी : सुरक्षा
तपाईको कमेन्ट लेख्नुहोस्