नेपाली सेनाले यसरी मनायो सेना दिवस

सेना दिवसमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानसेनापति पूर्णचन्द्र थापा, विभिन्न मन्त्री, सुरक्षा निकायका प्रमुखहरुलागयतको उपस्थिति रहेको थियो ।
नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सो दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरेको छ ।
जङ्गीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ ।
क्याटेगोरी : सुरक्षा
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्