Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

लेबनानमा ज्यान गुमाएका नेपाली सैनिकको परिचय खुल्यो


काठमाडौं – संयुक्त राष्ट्र संघीय शान्ति मिसनअन्तर्गत लेबनानमा मृत्यु भएका नेपाली सैनिकको परिचय खुलेको छ । लेबनानस्थित युनिफिलले मंगलबार एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा परी धादिङ मूलपानीका अमलदार नरबहादुर मगरको मृत्यु भएको उल्लेख गरेको छ । उनी चार महिनाअघि मात्र लेबनान गएका थिए ।

दक्षिण लेबनानको मेस एज जेबेलस्थित नेपाली क्याम्पमा सामान ओसारपसार गर्दा उनको टाउकोमा चोट लागेको थियो । उनको मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको युनिफिलले जनाएको छ ।

युनिफिलका फोर्स कमाण्डर मेजर जनरल स्टेफानो डेल कोलले मृतकको परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।


क्याटेगोरी : सुरक्षा

तपाईको कमेन्ट लेख्नुहोस्