बाँके प्रहरीको सक्रियता :दुई महिनामा एक करोड बढी राजस्व संकलन

बाँके –जिल्ला प्रहरी कार्यालय बाँकेले दुई महिनामा एक करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाको दुई महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो।
भारतबाट हुने अवैध सामान ओसारपसार नियन्त्रणमा कडाइ गरेको प्रहरीले तस्करी नियन्त्रणबाट ७१ लाख ९० हजार ७३३ रुपैयाँ राजस्व संकलन गरेको हो। यस्तै, ट्राफिक कारवाही तथा जरिवानाबाट २१ लाख ८९ हजार रुपैयाँ राजस्व संकलन भएको जनाएको छ।
अदालतको फैसलापछि र मुद्दा दायर हुनुभन्दा पहिले नै फरार भएका अभियुक्तबाट एक लाख आठ हजार ५३८ रुपैयाँ असुल भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकाे छ ।
जुवा तास खेलिरहेकालाई नियन्त्रणमा लिई उनीहरुको साथबाट बरामद भएको रकमसहित गरी तीन लाख ४९ हजार ४५० रुपैयाँ राजस्व संकलन भएको छ ।
जसबाट दुई लाख एक हजार ३०० रुपैयाँ राजस्व संकलन भएको छ। प्राकृतिक स्रोत दोहन गर्नेहरुबाट एक लाख ९५ हजार रुपैयाँ राजस्व संकलन भएको छ। यी सबैबाट एक करोड दुई लाख ३४ हजार २१ रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ।
क्याटेगोरी : सुरक्षा
तपाईको कमेन्ट लेख्नुहोस्