डीआईजीले प्रदेश र प्रहरी प्रमुखले जिल्ला नछाड्नु: प्रहरी हेडक्वाटर

काठमाडाैं – प्रहरी प्रधान कार्यालयले प्रदेश प्रमुख डीआईजीसहित जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई जिल्ला नछोड्न निर्देशन दिएको छ ।
संसद् विघटनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै गृह मन्त्रालयको परिपत्रपछि प्रहरी प्रधान कार्यालयले डीआईजीलाई प्रदेश र अन्यलाई जिल्ला नछोड्न निर्देशन दिएको हो । यस्तै अत्यावश्यकबाहेक सबै बिदामा समेत रोक लगाइएको प्रहरी प्रवक्ता एसएसपी वसन्त बहादुर कुवँरले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मँ ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा सदर गरेपछि विभिन्न स्थानमा हुनसक्ने प्रदर्शन र त्यसबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै देशभरका चारवटै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको छ ।
क्याटेगोरी : सुरक्षा
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्