सेनाका हाकिमहरू सरुवामा, सिनियरको कुर्सीमा जुनियर पुग्दा ‘सकस’

काठमाडौं – एउटा मान्छे एकै ठाउँ लामो समय रहन नहुने प्रधानसेनापतिको नीतिअनुसार उच्च पदस्थ सैनिक अधिकारीको जिम्मेवारी त हेरफेर भयो । तर, सिनियर बस्ने ठाउँमा जुनियर पुगिदिँदा केही समस्या आएको छ ।
सेनाको अति संवेदनशील मानिने युद्धकार्य महानिर्देशनालय ९डिजिएमओ० को प्रमुखमा पहिले राष्ट्रपतिको सुरक्षार्थ खटिएका जर्नेल राजेन्द्र कार्कीलाई खटाइएको छ ।
तर, उनीभन्दा माथिल्लो वरियताका ईश्वर हमालहरू हुँदाहुँदै राजेन्द्रलाई नै पठाइनुको कारणबारे सेनाभित्र विभिन्न अनुमान लगाउन थालिएको छ । अनुमानअनुसार ईश्वरमाथि प्रधानसेनापतिको सद्भाव घटेको भन्ने गरिन्छ ।
त्यस्तै नीति महानिर्देशनालयमा रघु भण्डारी पदस्थापित भएका छन् भने भावी प्रधानसेनापतिको लाइनका प्रभुराम शर्मालाई खरिद हेर्ने संभार रथी बनाइएको खबर जनआस्था साप्ताहिकले छापेको छ ।
क्याटेगोरी : पत्रपत्रिका
तपाईको कमेन्ट लेख्नुहोस्