रामकुमार कार्कीको गीत ‘कालापानी हाम्रै हो’ सार्वजनिक (भिडिओसहित)

काठमाडौं – गायक रामकुमार कार्कीले नयाँ गीत सार्वजनिक गरेका छन्। देशभक्त गीत ‘कालापानी हाम्रै हो’ बोलको गीतमा अन्य गायकहरू राजेन्द्रकुमार कार्की रामकुमार पौडेल कमला खड्का पुजा विश्वकर्माले स्वर दिएका छन्।
राजेन्द्र कुमार कार्कीको शब्द र रामकुमार पौडेलको लय रहेको गीतको छायाँकन भने सरोज घिमिरेले गरेका हुन्। यस्तै, एरेन्जर राकेश सोनी र मिक्सिङमा विक्रम मगरले साथ दिएका छन्।
मञ्जरी रेकर्डिङ स्टुडियो रेकर्डिङ गरिएको उक्त गीतमा सौरभ कार्की र विनोद कार्कीले अभिनय गरेका छन्। रामचन्द्र बोहराको निर्देशनमा बनेको गीतलाई विनोद बमले सम्पादन गरेका हुन्। गत बिहीबार युट्युबमार्फत् उक्त सार्वजनिक भएको हो।
क्याटेगोरी : कला र मनोरञ्जन
तपाईको कमेन्ट लेख्नुहोस्