Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

मिष्टर नेपाल-२०२० को काठमाडौं अडिशन १४ गते


काठमाडौं – ‘मिष्टर नेपाल–२०२०’को खोजी सुरु भएको छ । आयोजक एक्सपोज नेपालले कात्तिक २५ गते धनगढीबाट सुरु गरेको प्रतियोगिताको पहिलो चरणको अडिशन धनगढी, वीरगन्ज हुँदै सोमबार चितवनमा आयोजना गरिएको थियो ।

वीरगन्ज अडिशनबाट ९ र चितवनबाट ४ युवा फाइनल प्रतिस्पर्धाका लागि छनोट भएका छन् । प्रतियोगिताको छनोट चरणको अडिशन १० गते बुटवल, १२ गते पोखरा र १४ गते काठमाडौंमा आयोजना हुनेछ । काठमाडौ अडिशन पछि छनोट चरणको अडिशन सकिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा १७ देखि ३२ वर्ष ननाघेका युवाले सहभागिता जनाउन पाउने छन् । प्रतियोगिताको विजेताले शीर्ष उपाधिका साथमा अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता मिष्टर वल्र्ड–२०२०मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् । ‘मिष्टर नेपाल’ प्रतियोगिता सन् २००१ देखि नियमित आयोजना हुँदै आएको छ ।


क्याटेगोरी : कला र मनोरञ्जन

तपाईको कमेन्ट लेख्नुहोस्