Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

विमानस्थलमा प्रहरीले बढायो निगरानी


काठमाडौं – तस्करबाट अवैध वस्तु र जिन्सी सामग्री भेटिन थालेपछि भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र जाँचमा कडाइ गरिएको छ। प्रहरीले यात्रुको आवागमन हुने ढोका सुरक्षाकर्मी संख्या बढाउनुका साथै सीसी क्यामेरा, इलेक्ट्रीक ढोका र लगेज तथा अन्य सामान जाच गर्न प्रयोग गरिने विद्युतीय एक्सरे मेसिन थप गरेको हो।

विदेशबाट फर्कने यात्रु र तस्करको लगेजबाट बढी अवैध सामान तथा सुन भेटिएपछि प्रहरीले त्यसलाई थप कडाइ गर्न विभिन्न प्राविधिक मेसिन जडान भइरहेको विमानस्थलले जनाएको छ। विमानस्थलका प्रहरी प्रमुख डिआइजी सूर्य उपाध्यायका अनुसार आइटीको बढी प्रयोग भइरहेको बेला विमानस्थलभित्र पनि त्यसको आवश्यकता महसुस गर्दै नयाँ मेसिन थप गरिएको छ।

यसअघिका मेसिनबाट कालो प्लास्टिकमा बेरिएको सामानसमेत पत्ता लगाउन समस्या हुने अवस्था थियो। तस्करीमा यही प्रविधि प्रयोग गर्न थालिएको प्रहरीले जानकारी दिँद आएको थियो। यात्रु ओर्लिएपछि जाँचको लागि अहिले नयाँ मेसिन जडान गरिएको छ। चोर र तस्करलाई सजिलो भइरहेको सरकारी अधिकारीले निष्कर्ष निकालेपछि नयाँ प्रविधि जडान गरिएको हो। प्रहरीका अनुसार करिब ११ करोडको अत्याधुनिक एक्सरे मेसिन जडान भइसकेका छन्। डिआइजी उपाध्यायले आवागमन कक्षमा भिभिआइपीको जाँचमा पनि कडाइ गरिएको बताए। ‘अहिले विमानस्थलको भित्री पूर्वाधार मर्मत, सुरक्षा व्यवथामा कडाइ र नयाँ प्रविधि जडान गरिएको छ, ।  याे समाचार नागरिक दैनिकमा छ ।


क्याटेगोरी : पत्रपत्रिका

तपाईको कमेन्ट लेख्नुहोस्