Techie IT
  • २८ असोज २०८२, मंगलबार

मलेसियामा बढ्यो नेपाली कामदारको पारिश्रमिक


काठमाडौं – मलेसियामा रहेका नेपाली कामदारको न्युनतम पारिश्रमिक वृद्धि हुने भएको छ। क्वालालम्पुरस्थित नेपाली राजदूतावासका अनुसार जनवरी १ देखि नेपालीसहित सबै मुलुकका कामदारको न्युनतम पारिश्रमिक १ हजार २०० रिंगेट पुगेको छ।

यो भनेको आइतबारको सटही दरअनुसार ३३ हजार ४३२ रुपैयाँ हो। यसअघि स्थानीय मुद्राअनुसार प्रत्येक कामदारले मासिक न्युनतम एक हजार १०० रिंगेट पाउँदै आएका थिए। मलेसियामा बर्सेनि ४ लाख ५० हजारको हाराहारीमा नेपाली युवा जाने गरेका छन्। बढाइएको तलब सबैलाई लागू हुने दूतावासले जनाएको छ। याे समाचार कारोबार दैनिकमा छ ।


क्याटेगोरी : पत्रपत्रिका

तपाईको कमेन्ट लेख्नुहोस्