Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

चलचित्र ‘शुभ लभ’ युरोपभरि प्रदर्शनमा लगिने


काठमाडौं  – बुद्ध इन्टरटेनमेन्टको व्यानरमा निर्माणमा भएको चलचित्र ‘शुभ लभ’ यही नोभम्बर अन्तिममा युरोपभरि प्रदर्शनमा लगिने भएको छ। आगामी डिसेम्बर, जनवरी र फेब्रुअरीभरि युरोपमा प्रदर्शन गरिने निर्माता तथा निर्देशक सन्तोष लोहनीले जानकारी दिए।

नेपालमा मध्यम गरेको ‘शुभ लभ’ चलचित्रले युरोपको प्रदर्शनबाट राम्रो व्यापार हुने लोहनीको विश्वास छ। युवा ज्योतिष हरिहर अधिकारी र २०१७ की मिस टिन क्रिस्टिन पौडेलको मुख्य अभिनय रहेको उक्त चलचित्रमा पुराना कलाकारहरू रविन्द्र झा, राजाराम पौडेल, अनोज पाण्डे र सरोज खनालको पनि भूमिका छ।

त्यस्तै, स्टेजका चर्चित कलाकार राजा राजेन्द्रले पनि चलचत्रिमा पहिलोपटक यही फिल्ममार्फत चलचित्र अभिनय सुरु गरेका हुन्। चलचित्रमा डा. सूर्या थापालाई सह-नायिकाको भूमिका देख्न सकिने छ। निर्देशक लोहनीले भने,‘हाम्रो चलचित्रको लाइन प्रोड्युसर प्रकाश कडरिया नै युरोपनिवासी हुनुहुन्छ।

युरोपमा गैर आवासीय नेपाली र इनासको बाक्लो उपस्थिति छ। त्यसैले युरोप शो व्यापक हुने हाम्रो विश्वास छ।’ नेपालमा पनि चलचित्रले राम्रो व्यापार गर्थ्यो तर अपेक्षा हुँदा-हुँदै पनि रिलिज मिति राम्रो भएन र चलचित्रकर्मीबीच नै अस्वस्थ प्रतिष्पर्धा हुँदा अपेक्षित व्यापार गर्न नसकिएको लोहनीको गुनासो छ।

यद्यपि उनले उक्त चलचित्र हेर्ने दर्शकले राम्रो चलचित्र बनेको भनेर सुखद् प्रतिक्रिया दिएको सुनाए। उनले थपे,‘चलचित्रकर्मी र समीक्षकले पनि राम्रो चलचित्र बनेको भनेर भन्नुभएको छ।’ अर्जुन पोखरेलको शब्द तथा संगीत र निशान भट्टराईको स्वर रहेको चलचित्रको शीर्षक गीत ‘तिमी हुन्छौं भने मेरो शुभलभ’ गीत अत्यधिक रुचाइएको थियो।


क्याटेगोरी : कला र मनोरञ्जन

तपाईको कमेन्ट लेख्नुहोस्