Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

कसरी नियन्त्रण गर्न सकिन्छ मधुमेह? जानी राखाैं


काठमाडाैं – मधुमेह अर्थात डायबिटिज विश्वभरमा तिव्र रुपमा फैलिइरहेको रोग हो । मधुमेह रोग विशेषगरी अस्वस्थ जीवनशैली र खानपानको कारण लाग्ने गरेको छ त्यसैले हामीले आफ्नो जीवनशैली र खानपानमा ध्यान दिने हो भने यसलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ ।

हामीले बेलैमा ध्यान दियौं भने यो रोग लाग्नबाट सुरक्षित रहन सकिन्छ । साथै मधुमेह भैसकेका बिरामीले पनि समय छँदै यसमा ध्यान दिएर खानपानमा सुधार गरे भने यसलाई धेरै हदसम्म नियन्त्रण गर्न सक्छन् ।

व्यायाम

अध्ययनहरुका अनुसार व्यायाम गर्नाले शरीरमा रक्तप्रवाह राम्रो हुन्छ र रगतमा चिनीको मात्रा पनि नियन्त्रण हुन्छ । नियमित व्यायामको नतिजाको रुपमा उच्च मेटाबोलिज्म र मधुमेहको कम खतरा हुन्छ ।

२. गुलियो कम खाने

तपाईं मधुमेहलाई नियन्त्रण गर्न चाहनुहुन्छ भने चिनी, सख्खर, र चिनीयुक्त कोल्ड ड्रिङ्क्स आदी कम खानु होस् । यसले रगतमा चिनीको स्तर बिल्कुल नियन्त्रणमा राख्छ । धेरै गुलियो चीज र पेयपदार्थहरुको सेवनले इन्सुलिनको लेभललाई बढाउ“छ ।

फाइबर

रगतमा सुगरलाई सोस्न फाइबरको महत्वपूर्ण योगदान हुन्छ । यसैले तपाईंले खानामा ग“हु, ब्राउन राइस वा ह्विट ब्रेड आदी खानुपर्छ जसले शरीरमा ब्लड सुगर लेभल नियन्त्रणमा राख्छ र यसबाट मधुमेहको जोखिम कम हुन्छ ।

ताजा फलफूल र सब्जी

फलफूलमा प्राकृतिक चिनीको मिश्रण हुन्छ र यसले शरीरलाई हरेक किसिमको पोषण दिन्छ । ताजा फलफूलमा भिटामिन ए र सी हुन्छ जसले रगत र हड्डीको स्वास्थ्यलाई मेन्टेन गर्छ । यसबाहेक जिंक, पोटासियम, आइरन पनि राम्रो मात्रामा पाइन्छ ।

त्यस्तै पालुंगो, बन्दा, करेला, लौका आदि तरकारीहरु पनि मधुमेहका बिरामीको लागि स्वास्थ्यबर्धक हुन्छ । यस्ता हरिया सब्जीहरुमा कम क्यालोरी हुन्छ भने भिटामिन सी, बेटा क्यारोटिन र म्याग्नेसियम जस्ता पदार्थ धेरै हुन्छ जसले मधुमेह ठिक हुन्छ ।

ग्रीन टी

दैनिक चिनी बिनाको ग्रीन टी पिउनुहोस् किनभने यसमा प्रचुर मात्रामा एन्टी अक्सिडेन्ट हुन्छ । जसले शरीरमा फ्रि रेडिकल्ससँग लडाईं गर्छ र ब्लड सुगर लेभललाई एकै स्तरमा राख्छ ।

 दालचिनी

अध्ययनहरुका अनुसार दालचिनीले शरीरको सुन्निने समस्या कम गर्छ तथा इन्सुलिन लेभललाई नियन्त्रित गर्छ । त्यसैले यसलाई खाना, चिया वा फेरि तातो पानीमा एक चुट्की दालचिनी पाउडर मिसाएर पिउनुहोस् ।

तनाव कम गर्नुहोस्

अक्सिटोसिन र सेरोटिन दुवैले नशाको कार्यक्षमतामा असर गर्छ । तनावको समय जब एड्रिनलिन लिक हुन्छ त्यतिखेर यो खलबलिन्छ जसले डायबिटिजको उच्च जोखिम पैदा हुन्छ ।

नुनको सही सीमाले तपाईंलाई मधुमेह नियन्त्रण गर्नमा मद्धत गर्छ । धेरै नुन खाने गर्नाले शरीररमा हार्मोनल विसंगतिहरुको खतरा पैदा हुन्छ । यो बाहेक धेरै नुन सेवन गर्नाले टाइप २ मधुमेह बढ्ने खतरा पनि हुन्छ ।

धेरै पानी पिउनुहोस्

पानीले रगतमा बढेको सुगरलाई एकत्रित गर्छ त्यसैकारण एक वयस्क मानिसले दैनिक २ देखि ३ लिटरसम्म पानी पिउनुपर्छ । यसले तपाईंलाई मुटुरोग हु“दैन र मधुमेह पनि हु“दैन ।


क्याटेगोरी : कला र मनोरञ्जन

तपाईको कमेन्ट लेख्नुहोस्