‘गलबन्दी’ की लजालु अञ्जली बनिन् ट्रोल ?

काठमाडौं – म्युजिक भिडियोकी मोडल अञ्जली अधिकारीले दिएको अन्तर्वार्ताका कारण सामाजिक सञ्जालमा अहिले ट्रोल बनेकी छिन् । पछिल्लो समय ‘बोल माया’ र ‘गलबन्दी’ मा अभिनय गरेका कारण खुबै चर्चामा छिन् ।
अन्तर्वार्तामा प्रश्नकर्ताले सोध्छन् – तपाईंको रिसेन्ट रिलेशनशीप स्टाटसरु यसको उत्तरमा अञ्जली भन्छिन् – म स्टाटस त्यस्तो भन्दा पनि गीतहरु नै‘ हुन्छ नि एउटा मलाई तिम्रो मायाले बाँधिराख न टाइपको थोरै लेख्छु । मैले धेरै भिडियोको लिंकहरु नै शेयर गर्ने गर्छु ।
उनको यो उत्तर सामाजिक सञ्जालमा भाइरलपछि अञ्जलीले सामाजिक सञ्जालमा एक स्टाटस पोस्ट गर्दै प्रश्न नै नबुझेको बताएकी छिन् ।
‘बोल्दाबोल्दै प्रश्न नबुझेर अर्कै उत्तर दिएँ मैले के बिराएँरु रकेटको रफ्तारमा अङ्ग्रेजी मिसिएको प्रश्न थियो, म गाउँमा जन्मिएकी चेली प्रश्न नै बुझिन होला मैले के बिराएँ,’ अञ्जलीले लेखेकी छिन्, ‘सुनेको थिएँ, गल्ती नगरी मान्छे कसरी सफल हुन्छ, त्यसैले गल्ती होला कि नहोला निर्धक्क बोलिदिएँ, मैले के बिराएँरु’
अञ्जली ‘ट्रोल’ को शिकार भए पनि उनको समर्थन गर्दै यस्तो कमजोरी कहिलेकाहीँ हुने भन्दै सामान्य रुपमा लिन आग्रह गरेका छन् । यसलाई अञ्जलीले पनि रमाइलोका रुपमा लिएकी छिन् ।
क्याटेगोरी : कला र मनोरञ्जन
तपाईको कमेन्ट लेख्नुहोस्