नो ब्रर्त, नो खुट्टाको पानी, महिला पुरुष बराबरी, सोफियाको गीत सार्वजनिक भएपछि हिन्दु संगठनहरुको धम्की -गितको भिडियो सहित

काठमाण्डौ
अबको तीज नो ब्रत प्लिज भन्ने गायिका सोफिया थापाको आइतबार सार्वजनिक भएपछि विभिन्न हिन्दु धार्मिक संगठनहरुबाट गीत हटाउन लगातार दबाव तथा धम्कीहरु दिएका छन् ।
गीत युट्युबमा सार्वजनिक भएपछि हिन्दु धार्मिक संगठनका नाममा केही व्यक्तिहरुले आफूलाई फोन गरी गीत हटाउन भनिएको र गीत नहटाए घरमै आएर शारीरिक क्षति पुर्याउने धम्कीसमेत दिइएको सोफियाले बताएकी छिन् ।
हिन्दु जागरण र विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिका नाममा उनलाई धम्की दिईएको र निम्नस्तरको गालीसहितको मेसेजहरु आएको सोफियाले बताएकी छिन् ।
सोफियाले भने आफूले गाएको गीतमा धर्मलाई कतै नछोएको र तीजमा भएको सानो विषयलाई परिस्कृत गरौं भन्ने सन्देश मात्र बोकेको बताएकी छिन् ।
ब्रत बस्ने, खुट्टाको पानी खाने साथै गरगहना झप्पकै लगाएर पार्टी गरेर फजुल खर्च गर्नुहुँदैन है भन्ने सन्देश बोकेको तर तीज नै मनाउनै नहुने भन्ने नभनेको उनको तर्क छ । साथै उनले महिला पुरुष बराबरी हुनुपर्ने आवाज उठाउनेहरुका लागि खुट्टाको पानी खानु नसुहाउने विचार राखेकी छिन् ।
सोमबार विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिको नामबाट यो गीत युट्युबबाट हटाउन प्रेस विज्ञप्ति जारी गरिएको छ । ६ गतेसम्म गीत नहटाएमा विरोध कार्यक्रम गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।
गितको भिडियो-
https://youtu.be/Hh-iGXzC8No
क्याटेगोरी : कला र मनोरञ्जन
तपाईको कमेन्ट लेख्नुहोस्