फाट्यो नि माइतीको चिनो सार्वजनिक, भिडियोमा दिया (भिडियो सहित)

काठमाण्डौ
‘फाट्यो नि माइतीको चिनो’ बोलको गीत सार्वजनिक भएको छ ।
आस्था राउतको स्वर रहेको मार्मिक गीतको म्युजिक भिडियोमा दीया मास्के र मनोज जोशीको उत्कृष्ट अभिनयले गीतलाई अझ मार्मिक बनाईदिएको छ ।
राजिव समरले कोरियोग्राफी गरेको गीतको म्युजिक भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ।
फाट्यो नि माईतीको चिनोमा सुरेश अधिकारीको शब्द तथा संगीत रहेको छ भने गोपाल रसाईलीको एरेन्ज रहेको छ ।
अर्जुन तिवारीले खिचेको म्युजिक भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।
https://www.youtube.com/watch?v=nMxXPMyXPwc&feature=share&fbclid=IwAR3FyxkU9O995-mUVeXJy-OShWYro7Zom4hU2K18U55XwEClWsXtpTFwskg
क्याटेगोरी : कला र मनोरञ्जन
तपाईको कमेन्ट लेख्नुहोस्