घटस्थापनाकै दिन झुट सार्वजनिक

काठमाण्डौं
टिका आले मगरको लोक दोहोरी गीत झुटको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
मिनुज राना मगरले निर्देशन गरेको झुटको म्युजिक भिडियो मिनुज राना मगर च्यानल मार्फत विजयादशमीको घटस्थापनाको अवसर पारेर सार्वजनिक भएको हो ।
लोक दोहोरी गित “झुट” मा शिव शक्ति जि एम र टिका आले मगरको स्वर रहेको छ ।
साथै, गायक तथा सर्जक शिव शक्ति जि एमको उत्कृष्ट लय तथा शब्द सङकलन रहेको गितमा कृष्ण केसीको एरेन्ज रहेको छ । झुटको म्युजिक भिडियोलाई राजु श्रेष्ठ र राम केसीले छाँयाङ्कन गरेका हुन् भने सुजन कोइरालाको सम्पादन रहेको छ ।
भिडियोमा विभिन्न फिल्महरुमा निर्देशक तथा नायकको भुमिका निभाईसकेका पछिल्लो समय व्यस्त कलाकार मिनुज राना मगर सँगै टिका आले मगर र माधव ढकालको अभिनय रहेको छ ।
क्याटेगोरी : कला र मनोरञ्जन
तपाईको कमेन्ट लेख्नुहोस्