Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

प्रधानसेनापति थापा र भारतीय सेनाका मेजर जनरलबीच जंगी अड्डामा भेटवार्ता


काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापा र भारतीय सेनाका मेजर जनरल गोपाल गुरुङबीच जंगी अड्‍डामा शिष्टाचार भेटवार्ता भएको छ । उक्त भेटवार्तामा उनीहरुबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

रुपन्देही जिल्लाको सालझण्डीस्थित नेपाली सैनिक व्याट्ल स्कूलमा मंसिर १७ गतेदेखि सञ्‍चालन भएको नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास INDO-NEPAL BATTALION LEVEL JOINT TRAINING EX-“SURYA KIRAN-XIV” को ओवजरको रुपमा रुपमा मजेर जर्नेल गुरुङ नेपाल आई बलाधिकृत रथी शरद कुमार गिरीबाट आज भएको EX-“SURYA KIRAN-XIV” को समापन समारोहमा सरिक भएका थिए ।

उक्त अभ्यासमा नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान भएको थियो । यस किसिमको अभ्यासले दुई देश बीच सदियौं देखि कायम रहेको मैत्रिपूर्ण सैन्य सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने विश्‍वास नेपाली सेनाले लिएको छ ।


क्याटेगोरी : कुटनीति, सुरक्षा
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्