मदिराले बिगार्छ युवा जीवनशैली

काठमाडौँ – फेसन, जीनवशैली र रमाइलोका लागि मदिरा प्रयोग गर्नु सामान्यजस्तो भइसकेको छ तर निश्चित उमेर नपुगी मदिरा सेवन गर्न हुन्न भन्ने अन्तर्राष्ट्रिय मान्यता छ । यो मान्यता त्यसै बनेको होइन । मदिराले युवाको जीवनशैली र सिर्जनामा पूरै प्रतिकूल असर पार्ने भएकाले पनि यस्तो मान्यता विकास भएको हो ।
नेपालमा १८ वर्ष नपुगेका कतिपय युवामा मदिरा सेवन सोख वा जीवनशैली बनेको छ । ‘प्लस टु’का विद्यार्थी तथा युवा पुस्तामा मदिरा सेवन एउटा फेसनका रूपमा बढ्दै छ । कलेजमा हुने बिदाइ पार्टी, साथीहरूसँगको ‘भेटघाट’, वनभोज, चाडपर्व र खुसियाली मनाउनेजस्ता कार्यमा मदिरा पिउनु फेसन नै बनेको छ ।
नेपालमा मदिराजन्य वस्तुको खुला बिक्री हुने गरेको र केही वर्षयता यसलाई नियन्त्रित गर्ने प्रयास गरिएको भए पनि सेवन गर्ने युवापुस्ता भने थपिँदै गएको जानकारहरू बताउँछन् । मदिरा उत्पादन कम्पनीहरूले पनि थरीथरीका मदिरा उत्पादन तथा विज्ञापन गर्ने परम्पराले प्रयोग गर्ने गरेकाले बजार विस्तारलाई स्पष्ट पार्छ ।
कतिपय मदिरा उत्पादन कम्पनीले युला र महिलालाई लक्ष्य गरेर अहिले नयाँनयाँ कक्टेल, ब्रान्डी जिन र रम, वाइनहरूको उत्पादन गरी बजारमा ल्याएका छन् । फिजिसियन डा. रवीन्द्र पाण्डेले मदिराको अत्यधिक प्रयोगले कलेजो, आन्द्रा, मिर्गौला, स्नायु प्रणालीमा असर पर्ने बताउनुभयो ।
उहाँले गुणस्तरीय र मात्रात्मक रूपमा मदिराको प्रयोग स्वास्थ्यका लागि लाभदायक भए पनि आफ्नो स्वास्थ्यलाई राम्रो राख्न सन्तुलित भोजन गर्नुपर्ने बताउनुभयो । यो समाचार गोरखापत्रमा छ ।
क्याटेगोरी : पत्रपत्रिका
तपाईको कमेन्ट लेख्नुहोस्