Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

भारतीय सीमा सुरक्षा बलका महानिर्देशक पोखरामा


काठमाडौं – नेपाल भारतबीच सीमा विवाद भइरहेका बेला आजदेखि पोखरामा दुई देशबीच सीमा सुरक्षा बैठक सुरु हुँदैछ ।

उक्त बैठकमा सहभागी हुन भारतीय सीमा सुरक्षा बलका महानिर्देशक कुमार राजेश चन्द्र मंगलबार नेपाल आएका छन् । हरेक वर्ष नियमितरुपमा हुँदै आएको उक्त बैठक यसपटक नेपालमा हुन लागेको हो । अघिल्लो बैठक भारतको राजधानी नयाँ दिल्लीमा भएको थियो ।

सो बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले नेतृत्व गर्नेछन् । बैठक तीन दिनसम्म चल्नेछ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।


क्याटेगोरी : पत्रपत्रिका

तपाईको कमेन्ट लेख्नुहोस्