दैलेखमा पेट्रोलियम अन्वेषण चार सर्भे एकैपटक

दैलेख – दैलेखकोे शिरिस्थान र नाभिस्थानलगायतका क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण गर्न दैलेख आएको चिनियाँ प्राविधिक टोलीले एकैपटक चारवटा सर्भे सुरु गर्ने भएको छ ।
नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषणका लागि गर्नुपर्ने चारवटा सर्भे एकैपटक गर्न लागिएको हो । खानी तथा भूगर्भ विभागका भूगर्भविद् दिनेश त्रिपाठीका अनुसार चिनियाँ प्राविधिक टोलीले अन्वेषणका लागि पहिलो चरणमा गर्नुपर्ने चार सर्भे एकैपटक सुरु गरिएको बताउनुभयो ।
उहाँका अनुसार भू–सतहभित्र पेट्रोलियम पदार्थ भएकाले पहिलो चरण त्यसको भौगर्भिक सर्वेक्षणको कामसँगै अन्य तीनवटा सर्भे पनि सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि चार सर्भे अनिवार्य हुन्छ ।
त्यसमा पहिलो भौगर्भिक सर्भेको काम हो जो सबैभन्दा महŒवपूर्ण हुन्छ । उक्त सर्भेले जमिनमुनिको सतह पत्ता लगाउने र नक्सा निर्माण गर्ने गर्छ । कुन कुन भागमा पेट्रोलियम पदार्थ छ, त्यसका लागि भौगोलिक अवस्था के छ भनेर पत्ता लगाउने काम प्राविधिक टोलीले अन्तिम चरणमा पु¥याएको छ ।याे समाचार गाेरखापत्रमा छ ।
क्याटेगोरी : पत्रपत्रिका
तपाईको कमेन्ट लेख्नुहोस्