Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

प्रधानमन्त्रीलाई घूस दिनुपर्छ भन्ने सुनेँ : ओली


काठमाडौँ — मन्त्री र सचिवहरुले ठेक्कापट्टा, त्यसको स्वीकृति, निकासा र भेरियसन अर्डर लगायतका काममा प्रधामन्त्रीलाई पनि घूस दिनुपर्छ भन्ने गरेको आफूले सुनेको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नव नियुक्तसहित सबै मन्त्री, राज्यमन्त्री र सचिवहरुलाई बिहीबार साँझ निर्देशन दिँदै त्यसो नगर्न उनीहरुलाई आदेश दिएका हुन्।

‘मैले पनि सुन्ने गरेको छु, मेरो पनि नाम जोडिन्छ भनेर। प्रधानमन्त्रीलाई नै हिस्सा (घूस) चाहिन्छ, भन्ने कहीँकतै परेको छ भने त्यसप्रकारको भ्रम नपरोस्’ ओलीले भने, ‘प्रधानमन्त्रीले माग गर्छ, मन्त्रीले माग गर्छ भनेर त्यस्तो कसैले गर्छ, तपाईँ (मन्त्री र सचिव)हरुले चलखेल गर्नुहुन्छ भने त्यो नीति विपरीत हो।’

प्रधानमन्त्री ओलीले जनताले कस्तो गरिबीमा त काम गरेका छन् भने मन्त्री र सचिव जस्तो सुविधा, स्रोत र साधन पाएका ‘भाग्यमानी व्यक्ति’हरुले त्यस्तो गर्न नहुने र गर्नेहरुको निगरानी गर्ने बताए। ‘विकसित देशको तुलनामा हाम्रो तलब राम्रो नहोला। मन्त्रीको मात्र होइन, कामदारको पनि त राम्रो छैन’ उनले भने, ‘एकदम फेयरनेस, एकदम क्लिननेस र निकासा दिँदाखेरी, सही गर्दा खेरी, स्वीकृति गर्दा खेरी, मोबिलाइजेसन दिँदा खेरी तलदेखि माथिसम्म कतै कसैले लोभ नगरौं।’ याे समाचार कान्तिपुर दैनिकमा छ ।


क्याटेगोरी : पत्रपत्रिका

तपाईको कमेन्ट लेख्नुहोस्