सांसदलाई थाहा छैन दिगो विकास लक्ष्य

काठमाडौँ – सांसद तथा राष्ट्रिय योजना आयोगका पदाधिकारीले संयुक्त राष्ट्रसंघद्वारा चार वर्षअघि पारित ‘दिगो विकास लक्ष्यहरू (एसडीजीएस)’ बारे जानकारी नभएको बताएका छन् ।
राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिद्वारा बुधबार आयोजित ‘विधेयकहरूलाई दिगो विकासको आयामबाट विश्लेषण गर्न रुजु सूची विकास गर्ने’ सम्बन्धी बैठकमा उनीहरूले एसडीजीएसबारे थाहा नभएको बताएका हुन्।
राष्ट्रसंघद्वारा सन् २०१५ सेप्टेम्बरमा पारित भएर २०१६ देखि २०३० सम्म पृथ्वी, मानिस र तिनीहरूको समृद्धिका लागि विश्वव्यापी रूपमा लागू विकासका साझा खाका नै एसडीजीएस हुन्। एसडीजीएसले १७ वटा लक्ष्य (गोल), १ सय ६९ वटा परिमाणात्मक लक्ष्य (टार्गेट) र २ सय ३० सूचक (इन्डिकेटर) निर्धारण गरेको छ। याे समाचार कान्तिपुर दैनिकमा छ ।
क्याटेगोरी : पत्रपत्रिका
तपाईको कमेन्ट लेख्नुहोस्