Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

किन छिरे कूटनीतिक मर्यादाविपरित डिआइजी भारतीय दूतावास 


काठमाडौं – कूटनीतिक आचारसंहिताविपरीत गोप्य रुपमा भारतीय दूतावास गएका सशस्त्र प्रहरीका डिआइजी प्रवीण श्रेष्ठमाथि गृह मन्त्रालयले छानविन थालेको छ।  डिआइजी श्रेष्ठ गत ६ मंसिरको दिउँसो बा २ झ २३९० नम्बरको सरकारी गाडी चढेर लैनचौरस्थित भारतीय दूतावास गएका पुगेका थिए।

पौने ३ बजे दूताबास छिरेका उनी ४ बजे निस्किएका थिए। यस विषयमा आइतबार गृह मन्त्रालयका उच्च अधिकारीबीच छलफल भएको छ । सचिव प्रेमकुमार राईले डिआइजी श्रेष्ठमाथि छानविन सुरु भएको पुष्टी गरे। स्रोतका अनुसार डिआइजी श्रेष्ठलाई स्पष्टीकरण सोध्ने तयारी भएको छ।

डिआइजी श्रेष्ठले भने अनुमति लिएरै तालिमका विषयमा छलफल गर्न दूतावास गएको बताएका छन्। सुरक्षा निकायका उच्च पदमा रहेका व्यक्ति त्यसरी दूतावास जानुलाई गम्भीरताका साथ लिइएको गृहका एक अधिकारीले बताए। याे खबर नयाँ पत्रिका दैनिकमा छ ।

Read more at: http://thahakhabar.com/news/84674


क्याटेगोरी : पत्रपत्रिका

तपाईको कमेन्ट लेख्नुहोस्