केरुङ–काठमाडौँ रेलमार्ग : विस्तृत सम्भाव्यता अध्ययन छिट्टै

काठमाडौँ – नेपाल र चीनबीचको मित्रताको प्रतीकका रूपमा प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन सुरु हुने भएको छ ।
चीनका राष्ट्रपति सी चिनफिङको हालै सम्पन्न नेपाल भ्रमणका क्रममा केरुङ–काठमाडौँ रेलमार्ग निर्माणका लागि भएको समझदारीपत्र (एमओयू)लाई मूर्त रूप दिन सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मङ्गलबार बसेको नेपाल र चीनका पदाधिकारीहरूको संयुक्त बैठकले यो सहमति गरेको हो ।
सो रेलमार्ग निर्माणका लागि छिट्टै विस्तृत सम्भाव्यता अध्ययन सुरु गर्ने सहमति भएको मन्त्रालयका सचिव देवेन्द्र कार्कीले जानकारी दिनुभयो । सो बैठकका लागि उच्चस्तरीय चिनियाँ टोली सोमबार काठमाडौँ आइपुगेको हो ।
उहाँले भन्नुभयो, “आजको बैठकमा प्रस्तावित सो रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन कसरी अगाडि बढाउने र त्यस क्रममा नेपाली र चिनियाँ पक्षको दायित्व र जिम्मेवारी के के हुन्, ती विषय निक्र्योल गरी सहमति ग¥यौँ । हामीले यस कार्यका लागि ‘माइन्युट’ गरिसक्यौँ, अब हाम्रो काम सुरु हुन्छ । ”यो समाचार गोरखापत्रमा छ ।
क्याटेगोरी : पत्रपत्रिका
तपाईको कमेन्ट लेख्नुहोस्