Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

कीर्तिमानी खेलाडीको गरिबीलाई सागको सम्भावित पदकले रोकेन, ६ बर्षमा ५ सय ६७ केजी सुन बरामद


काठमाडौं – आज मंसिर १४ गते शनिबार, काठमाडौँ उपत्यकाबाट प्रकाशित हुने मुख्य दैनिक पत्रिकाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थअवस्थाका विषयमा विभिन्न कोणबाट समाचार प्रकाशित गरेका छन् । त्यस्तै मेडिकल कलेजले गरेका ठगीको विषय, दुर्घटना एवं आजदेखि औपचारिक रुपमा सुरु हुन गइरकोको १३ औं साग खेलकूद प्रतियोगिता र उपनिर्वाचन २०७६ जस्ता विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

कीर्तिमानी खेलाडी साग त्यागेर वैदेशिक रोजगारमा

अन्नपूर्ण पोस्ट्को एङ्कर समाचारका अनुसार दक्षिण एसियाली खेलकुद(साग)का प्रतिस्पर्धी खेलाडीको बन्द प्रशिक्षण लामो समयदेखि चलिरहेको थियो । सबैलाई काठमाडौँको होटलमा राखेर सिकाइँदै थियो । तीमध्ये कीर्तिमानी खेलाडी तुलसा खत्री बिहीबार बिहान अचानक हराइन् । ‘मन्दिर जान्छु ’ भन्दै झिसमिसमै निस्किएकी उनी जहाज चढेर कतार पो पुगिछन् ।

राष्ट्रको जर्सी लगायर अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्नु हरेक खेलाडीको धोको हुन्छ । त्यसमाथि सागजस्तो अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्ने सपना साँचेर थुप्रै खेलाडी दिनरात मैदानमा पसिना बगाउँछन् । वर्षौ कठोर परिश्रम गर्छन् । सबैको सपना पूरा हुँदैन । तर, मुखैमा आएको १३ औं सागको तयारीमा रहेकी तुलसाको गरिबी बाध्यतालाई सम्भावित पदकले रोक्न सकेन ।

प्रधानमन्त्रीलाई काममा फर्कन आझै १० दिन लाग्ने

कान्तिपुर दैनिकका अनुसार मनमहोन कार्डियोथारासिक भास्कुर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आझै आईसीयूमा राखिएको छ । सम्भावित संक्रमणबाट जोगाउन उनलाई आईसीयूमा राखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । प्रधानमन्त्री ओलीलाई काममा फर्कन करिब १० दिन लाग्ने पनि उनीहरुले आंकलन गरेका छन् । त्यसैगरी आजको अन्नपूर्ण दैनिकले ‘रोगै छल्ने आत्मविकास’ शीर्षकमा प्रधानमन्त्रीको स्वास्थ्यसम्बन्धी समाचार लेखेको छ । प्रधानमन्त्रीको १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि पुनः प्रत्यारोपण गर्ने योजना अहिले छलफलमै सीमित रहेको छ । मिर्गौला प्रत्यारोपणका लागि दुई जना नातेदार तयारी अवस्थामा छन् । आकस्मिक रुपमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्नु परेकाले प्रत्यारोपणको समय धकेलिएको हो ।

राज्यबाटै ठगिए विद्यार्थी

नयाँ पत्रिकाका अनुसार मेडिकल कलेजको पक्षपोषण हुने गरी सरकारले गरेको निर्णयले चिकित्सा शिक्षाका विद्यार्थी मर्कामा परेका छन् । कलेजहरुले २०७२÷७३ को ब्याचदेखि नै बढी शुल्क असुले पनि सरकारले २०७४÷७५ र २०७५÷७६ का विद्यार्थीबाट लिएको बढी शुल्क मात्रै फिर्ता हुने गरी कलेज सञ्चालकहरुसँग सहमति गरेपछि विद्यार्थीहरुले राज्यबाटै ठगिएको महसुश गरेका हुन् । उनीहरुले आन्दोलन जारी राखेका छन् ।

२०७२/७३ र २०७३/७४ मा भर्ना भएका विद्यार्थीको हकमा विश्वविद्यालयको समन्वयमा अध्ययन, छलफल र छानबिन गरी उपयुक्त निर्णय लिन चिकित्सा शिक्षा आयोगसमक्ष अनुरोध गर्ने निर्णय मंगलबार सरकार र कलेज सञ्चालकले गरेका थिए । तर, कहिले अनुरोध गर्ने भन्ने कुनै मिति तोकिएको छैन । यता आर्मी मेडिकल कलेजले दुई ब्याचका विद्यार्थीबाट तोकेभन्दा बढी शुल्क उठाएको स्विकारे पनि समायोजन भने एक ब्याचको मात्रै गर्ने निर्णय गरेको छ ।

६ वर्षमा ५.६७ क्विन्टल सुन बरामद

कान्तिपुर दैनिकका अनुसार ६ वर्षको अवधिमा त्रिभुवन अन्तार्राष्ट्रिय विमानस्थल तथा चीन र भारतसँग जोडिएका नाकाबाट ५ सय ६७ केजी सुन बरामद भएको छ । जुन अहिलेको दरअनुसार करिब ३ अर्ब ५० करोड रुपैयाँ मूल्य बराबारको हो । तस्करीमा संलग्न ४५५ जना नेपाली र विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ परेका केहीबाहेक अधिकांश भरिया रहेको प्रहरी अधिकारीले बताएका छन् । चीन, भारत, नेपाल, दुबई, हङकङ, सिंगापुर,थाइल्याण्डलगायत मुलुमा बसेर सुन अवैध रुपमा ओहोरदोहोर गराउन गिरोह सक्रिय रहेपनि निस्तेज पार्न सरकारले सकेको छैन ।


क्याटेगोरी : पत्रपत्रिका

तपाईको कमेन्ट लेख्नुहोस्