Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

बाख्राको दूध प्रतिलिटर एक हजार


काठमाडौं – झापाको बिर्तामोड नगरपालिका–३ स्थित शिव कृषि फार्मका सञ्चालक दिनेश ओझाले बाख्राको दूधलाई आम्दानीको स्रोत बनाएका छन्। ओझाले एक महिनामा १० हजार रुपैयाँ बराबरको बाख्राको दूध बेचेकाे छ।

डेंगु रोग लागेका बिरामीको लागि भन्दै मानिस बाख्राको दूध लिन उनको फार्ममै पुग्ने गरेका छन्। ‘धेरैजना बाख्राको दूध खोज्दै आउनु हुन्छ,’ ओझाले भने, ‘एक लिटर दूधको एक हजार लिने गरेका छौँ, एकजना बिरामीले पाँच डोजसम्म माग गर्ने गरेका छन्।’ ओझाको फार्ममा उन्नत र स्थानीय जातका गरी ५९ वटा बाख्रा छन्।

त्यसमध्ये ३० वटा माउले दूध दिन्छन्। डेंगु लाग्दा बाख्राको दूध खुवाउनु पर्छ भनेर अरुले भनेको र आफूले पनि बिरामीलाई बाख्राको दूध खुवाउने गरेको बिर्तामोडका साउनिया राजवंशीले बताए। तर, चिकित्सकले भने डेंगु लागेका बिरामीलाई बाख्राको दूध खुवाउनै पर्ने अनिवार्य नभएको बताएका छन्। याे समाचार कारोबार दैनिकमा छ।


क्याटेगोरी : पत्रपत्रिका

तपाईको कमेन्ट लेख्नुहोस्